काठमाडौं। कोरोना भाइरसका कारण बेलायतमा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण हाल युरोपमा बढी संक्रमण फैलिएको छ । बेलायतमा कोरोनाको संक्रमित संख्या १ हजार १ सय ४० जना पुगेको छ ।
इंग्ल्यान्डमा सबैभन्दा धेरैजनामा संक्रमण देखिएको छ । यस्तै, स्कटल्यान्डमा १ सय २१ जना, वेल्समा ६० जना र उत्तरी आयरल्यान्डमा ३४ जनामा संक्रमण भएको पुष्टि भइसकेको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सबैजनाले भाइरसविरुद्ध एकीकृत रुपमा लड्नु पर्ने बताएका छन् ।
संक्रमित बढेसँगै बेलायतभर अस्पतालमा भेन्टिलेटर र स्वास्थ्य उपकरणको संख्या बढाउन थालिएको छ। सरकारी अस्पताल बाहेक प्राइभेट अस्पतालका बेडहरु समेत उपयोग गर्न मिल्ने गरी तयारी गरिएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया