काठमाडौं । कोरोनाको महामारी अहिले सारा विश्वमा नै फैलिएको छ । कोरोनाको संक्रमणबाट बच्नको लागि अहिले बिभिन्न देशहरुले बिभिन्न विधि अपनाईरहेका छन् ।
भारतमा कोरोनाबाट बच्नको लागि ह्यान्ड स्यानेटाइजरको अत्याधिक माग बढेपछि व्यापारीहरुले मनलाग्दो मूल्यमा बिक्री गर्न थालेका छन् ।
महंगो मूल्यमा बेच्न थालेपछि काउपाथी नामक एक ब्राण्डले गौमूत्रबाट बनेको ह्यान्ड स्यानेटाइजर बनाएर बेच्न थालेको छ । काउपाथी कम्पनीले उक्त प्रोडक्ट अल्कोहल सफ्र प्रोसेसबाट बनाएको थियो ।
ह्यान्ड स्यानेटाइजरमा गाईको पिशाव, बास्नादार तेल र गंगाजलको प्रयोग गरिएको छ । उक्त स्यानेटाइजर गौमूत्रको जस्तो गन्ध नआउने कम्पनीले दाबी गरेको छ ।
कम्पनीले दुई फ्लेबरमा उक्त प्रोडक्ट उत्पादन गरेको छ । उक्त प्रोडक्ट सन् २०१८ देखि बजारमा बिक्री भईरहेको छ ।
तर कोरोना भाइरसको महामारी पछि उक्त प्रोडक्टको माग अत्याधिक बढेको कम्पनीले बताएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया