काठमाडौं । राष्ट्रीय बास्केटवल संघ (एनबीए) ले युटा ज्याजका खेलाडी रुडी गोबर्टलाई प्रारम्भिक परिक्षणका क्रममा कोरोना भाइरसबाट संक्रमित भएको पाइएको छ ।
त्योसँगै एनबीएले यस सिजन रद्ध गर्ने फैसला गरेको छ । तर यो एउटा संयोग जस्तै बनेको छ । केहि दिन अगाडि मात्र एक प्रेस कन्फ्रेसमा उनले भाइरसको प्रकोपको मजाक उडाएका थिए ।
गोबर्टले कन्फ्रेसबाट निस्किएपछि पहिला सबै माइक्रोफोनलाई मजाकको रुपमा छोएका थिए, र महामारी घोषित भईसकेको भाइरसको मजाक उडाएका थिए ।
तर अहिलेसम्म उनलाई कसरी कोरोना लाग्यो भन्ने बारे जानकारी मिलेको छैन । तर रिपोर्टका अनुसार उनले फ्रान्सको कोहि संक्रमित व्यक्तिसँग भेट गरेका थिए ।
Rudy Gobert of the Utah Jazz thought the NBA precautions were a joke — so he touched everything in the room.
He tested positive for coronavirus today & now the whole NBA is shut down. 😫
https://t.co/Gdcw3WZYjj— An0maly (@LegendaryEnergy) March 12, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया