काठमाडौं । अन्जानमै सहि तर हामी केहि कुराहरु गर्दछौँ, जो हाम्रो आफ्नो व्यक्तित्व विकासका लागि ठीक हुँदैनन् । ति कुराहरुको लिस्ट बनाउने हो भने धेरै हुन सक्छ।
तर तपाईको साथमा मात्र पाँच कुराहरुको बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ । यी कुराहरु हामीले आफ्नो जीवनमा पूर्ण रुपमा लागू गरियो भने अवश्य नै हाम्रो जीवन सफल बन्दछ ।
१. दोश्रो व्यक्तिको नराम्रोमा रमाइलो नमान्नुहोस्
यो कुरा त हामी सानैदेखि सुनि नै रहेका छौँ, कि एकले अर्काेको दु:खमा रमाइलो मानेर बस्नु हुँदैन। यदि कोहि पनि व्यक्ति कसैको नराम्रो गर्दैछ भने त्यसको वास्ता गर्नु हुँदैन र त्यसमा रमाइलो पनि मान्नु हुँदैन ।
यदि तपाईले त्यसमा चासो ‘इन्ट्रेस्ट’ राख्नु भयो भने तपाई पनि त्यसमा नकारात्मक ऊर्जा ‘नेगेटिभ भाईब्स्’ लाई आफ्नो तिर तान्नु हुन्छ । त्यसैले तपाई यस्ता मानिसहरुबाट टाढै रहनुहोस् । यदि आवश्यक नै छ भने पनि चुप लागेर बस्नुहोस् जसको कारण अर्को व्यक्ति स्वयं शान्त हुन्छ ।भनिन्छ नि, ”मौन बस्नु सबैभन्दा ठूलो जवाफ हो ।”
२. आफूलाई अर्काेसँग तुलना नगर्नुहोस्
यसलाई मानिसको कमजोरी ‘डिफेक्ट’ भन्दा पनि फरक पर्दैन । सत्य यो पनि हो कि,अत्याधिक दुखको कारण हाम्रो आफ्नो दुख नभएर अरुको खुसी हुने गर्दछ । तर तपाई त्यो भन्दा माथि उठेर हिँड्नुहोस् ।
किनभने कोहि पनि व्यक्तिको वास्तविक कुरा मात्र उसलाई नै थाहा हुन्छ । हामी बाहिरी स्वरुप अर्थात नक्कली स्वरुपलाई मात्र हेरेर अरुसँग आफ्नो तुलना गर्दछौँ ।
त्यसैले हामीलाई लाग्छ हामी भन्दा अर्काे धेरै खुसी छ । त्यसैले कहिल्यै आफ्नो तुलना ‘कम्पेयर’ अरुसँग नगरौँ ।
३. कुनै पनि कामको लागि दोश्रोको ‘डिपेन्ड’ नबनौँ
हामी कुनै जरुरी काम यसकारण पनि पूरा गर्न सक्दनौँ कि, हामी कोहि अरुको भर पर्दछौँ । अरुसँग हरकुनै कामको लागि आश्रीत हुन्छौँ । ‘डिपेन्डमा’ पर्दछौँ । त्यसैले कोहि पनि व्यक्ति विशेषमा आश्रीत ‘डिपेन्ड’ नहुनुहोस् । तपाईले आफ्नो काम समयसीमा भित्र ‘डेडलाईन’ गरिसक्छु भनेर अठौट गर्नुहोस् । र मात्र तपाईमा आत्मविश्वास बढ्दछ र तपाई आफैमा आत्मनिर्भर बन्न सक्नुहुनेछ ।
४. बितिसकेका कुरामा पटक-पटक अफसोस नगर्नुहोस्
यदि तपाईहरुको जीवनमा भूतकालका केहि घटनाले धेरै दुख बनाइरहेको छ भने त्यो कुरालाई बारम्बार नसम्झिनुहोस् ।
दुई पटक सम्झिनुहोस् तर तेश्रो पटक देखि नसम्झनुहोस् । त्योबाट केहि सिक्नुस् र अगाडिको बारेमा सोच्नुहोस् । जसले अरुको अगाडि रुन्छ उसलाई अरु मानिसले झनै खिस्याउन थाल्दछन् । त्यसैले बितिसकेका कुरामा ध्यान नदिनुहोस् । सम्झनुहोस् : हिजोबाट सिकेर आज राम्रो बनाउनुभयो भने भोली धेरैथोरै राम्रो भईसक्छ ।
५.जुन कुरा आवश्यक छैन, त्यसमा फोकस नगर्नुहोस्
सारा विश्वमा हामी जुन कुरामा ध्यान केन्द्रित गर्दछौँ उक्त चिज आश्चर्यजनक रुपमा वृद्धि हुन्छ । त्यसैले आवश्यक कुरामा मात्र फोकस गनुहोस् ।
अरुको चासो राख्ने , अनावश्यक तर्क वितर्क गर्ने, अरुको खील्ली उडाउदा मजा लिने बानीले अन्तत हानी नोक्सानी तपाईको हुन्छ। तयसैले सकारात्मक सोँचसहित आफ्नो परिवारको आफूबसेको स्थानको र सिंगो राष्टको भलोको लागी केहि गर्नपर्छ । अनिमात्रै तपाई बाँचेको सार्थक हुन्छ । विद्वानहरु भन्नेगर्छन् नमर्नु मात्रै बाँच्नु होईन । तयसैले सकारात्मक ऊर्जा प्राप्तीको लागि ध्यान गर्ने, योगा गर्ने, विभिन्न कसरत गर्ने, अरुको सहयोग गर्ने, दान गर्ने, सकारात्मक सूचना प्रेषित गर्ने, सकेसम्म अरुको सेवामा समय बिताउने, आफ्नो ज्ञानको दायरा बढाउने, पिछडिएका हरुको लागि आश्रय बन्न कोशिश गर्नेजस्ता काम गरी जीवनलाई खुलेर आनन्दले जीउन सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया