काठमाडौं । भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट दुईजनाको ज्यान गएको छ भने सय भन्दा धेरैमा त्यसको संक्रमण फेला परेको छ ।
कोरोनाका कारण भारतमा पहिलो व्यक्तिको मृत्यु कर्नाटकमा भएको थियो भने दोस्रोको मृत्यु केरलामा शनिवार भएको हो । जुन घटना निकै हृदयविदारक पनि बनेको थियो ।
मृतकका ३० वर्षीय छोरा लिनो अदेल, जो स्वयं आइसोलेसनमा राखिएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार अदेलले आफ्नै बाबुको मृत्यु आइसोलसनको झ्यालबाट हेरिरहे ।
गत मार्च ८ मा अदेल पनि बाबुलाई भेट्न हतारिँदै कतारबाट भारत फर्किएका थिए । जब कि, उनका बाबुलाई केहि दिनदेखि कोरोना संक्रमण भएर अस्पताल भर्ना गरिएको थियो ।
कोत्यामस्थित मेडिकल कलेजमा अदेल स्वयं आइसोलेसनमा राखिएका छन् । जहाँ उनी वार्डबाटै आफ्नो बाबुलाई एम्बुलेन्समा लगिएको हेर्न बाध्य भए ।
कोरोना भाइरसको संक्रमण देखिएपछि वा शंका लागेमा जोसुकैलाई पनि आइसोलेसनमा राखिन्छ । अदेल पनि सोही क्रममा अस्पताल भर्ना गरिएका हुन् ।
जसले आफ्नै बाबुलाई अन्तिम बिदाइ गर्न पाएनन् । यस घटनालाई लिएर अदेलले आफ्नो फेसबुकमा ‘आइसोलेसन यातना शिविर हैन’ भनेर लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया