काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका १४९ देशमा फैलिसकेको छ । अमेरिकाले हालै ६० दिनसम्मका लागि आम सर्वसाधारणहरुका लागि ‘फ्रि वाईफाई’ दिने भएको छ ।
यो सर्भिस प्रोभाइटर केमकस्टले गरेको हो । यो कदम कोरोना भाइरसबाट बच्न्को लागि उठाइएको बताइएको छ । किनभने कोहि पनि मानिस आफन्तहरुसँग बाट टाढा भएको महशुस नगरोस् ।
केमकास्टका अनुसार फ्रि वाईफाईलाई पुरै देशमा हटस्पर्टको माध्यमबाट उपलब्ध गराइनेछ । फ्रि वाईफाईका लागि सबैभन्दा पहिला हटस्पर्ट सेलेक्ट गर्नुपर्दछ ।
त्यसपछि हटस्पर्टमा Xfinity नेटवर्कको नाम आउँदछ । र ब्राउजर लञ्च हुनेछ । Xfinity इन्टरनेट ग्राहकले आफ्नो युजरनेम र पासवर्ड हाल्नुपर्दछ र त्यसपछि अटोमेटिक Xfinity हटस्पर्टबाट कनेक्ट हुन्छ । त्यो बाहेक जो मानिस Xfinity इन्टरनेट सब्स्क्राइबर छैन, उनीहरुले सेक्शनमा जानुपर्दछ र साइन इन पेजबाट स्टार्ट गर्नुपर्दछ ।
नन कस्टमर्सलाई हरेक दुई घण्टामा कम्प्लिमेन्टली सेशन रिन्यु गर्ने अनुमति मिल्दछ । जानकारीका अनुसार केमकस्टले वाशिंगटनमा नन कस्टमरका लागि लगभग ६५ हजार पब्लिक वाईफाई राखेको छ ।
कम्पनीले अहिलेका लागि यसमा कुनै डेटा प्लान नभएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया