नेपालगञ्ज, १ असोज ।नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल र भारतको सुमधुर सम्बन्ध सानातिनो घटनाले नबिग्रने बताएका छन ।नेपालगञ्ज उद्योग व्यापार सङ्घद्वारा आज आयोजित छलफल कार्यक्रममा राजदुत पुरीले नेपाल र भारतको सम्बन्ध धार्मिक, सामाजिक, सांस्कृतिक र राजनीतिक मूल्य, मान्यतासँग गाँसिएकाले छिट्पुट घटनाले दुई देशको सम्बन्ध नबिग्रने बताए ।राजदूत पुरीले नेपालको आर्थिक समृद्धि र विकासमा भारत सधैँ सकारात्मक रहेको उल्लेख गर्दै नेपालमा भारतीय लगानी बढाउने वातावरण बनाउन राजनीतिक तहवाट थप प्रयास हुनु आवश्यक भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया