स्विस फुटबलका अध्यक्ष ब्लाँचलाई कोरोना संक्रमण, स्विजरल्याण्डमा सम्पूर्ण खेलकुद गतिविधि बन्द

काठमाडौं । स्विस फुटबल फेडेरेसनका अध्यक्ष डोमिनिक ब्लाँचलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । अध्यक्ष डोमिनिकले आफुलाई कोरोनाको संक्रमण देखिएको र अहिले आराम गरिरहेको बताएका छन् ।

७० वर्षीय अध्यक्ष डोमिनिकले आफुलाई घाँटी दुख्ने र खोक्नु परेको कारण क्वारेन्टाइनमा बसेको समेत बताएका छन् । तर,आफ्नो अवस्था अहिले सामान्य रहेको उनले बताएका छन् ।

मलाई सामान्य फ्लुको लक्षण मात्र महसुस हुन्छ, उनले भनेका छन् । कोरोनाको कारण स्विजरल्याण्डमा अहिले सम्पूर्ण खेलकुद गतिविधि बन्द गरिएको छ ।

स्विजरल्याण्डमा अहिले कोरोनाको संक्रमण २ हजार बढी पुगिसकेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?