काठमाडौं । स्पेनिस क्लब भ्यालेन्सियाका पाँच खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । अर्जेन्टिना तथा भ्यालेन्सियाका डिफेन्डर इजिक्वेइल ग्यारेसहित पाँच खेलाडीलाई कोरोनाको संक्रमण देखिएको बीबीसीले जनाएको छ ।
३३ वर्षे डिफेन्डर ग्यारेले सन् २०२० आफ्नो लागि खराब भएको बताउँदै आफु सामान्य अवस्थामा रहेको सामाजिक संजाल इन्स्टाग्राममा लेखेका छन् ।
भ्यालेन्सियाले आइतबार आफ्ना पाँच खेलाडीलाई कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको छ । यस्तै भ्यालेन्सियाले आफ्ना स्टाफलाई पनि कोरोनाको संक्रमण भएको जनाएको छ ।
चीनबाट सुरु भएको कोरोना भाईरस विश्वभर फैलिएको छ । जसको कारण विश्वको खेलकुद गतिविधि बन्द भएको छ ।
स्पेनिस ला लिगा समेत कोरोनाको कारण स्थगित गरिएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया