दुई श्रीमानबीचको अनौठो सम्झौता : एक वर्षसम्म श्रीमती पूर्वश्रीमानसँग बस्ने

काठमाडौं । पाकिस्तानको लाहौरमा दुई पतिहरुकोबीचमा एउटा अनौठो सम्झौता भएको छ ।

त्यहाँको रायविन्द इलाकामा बस्ने एक व्यक्तिले आफ्नी श्रीमतीलाई उनका पूर्व पतिले जुन बेला पनि आएर भेट्न पाउने सहमति गरेका छन् । किनभने उनले आफ्नो बच्चा आफ्नै बुवासँगको अनुभव गर्न सकुन् ।

उक्त व्यक्तिले यस सम्बन्धमा आफ्नो लिखित बयान दर्ता पनि गरेका छन् । सम्झौतामा वर्तमान पतिले लेखेका छन्, “मेरी श्रीमती रुबीना बेबीका पूर्व पतिसँगका ४ बच्चाहरु छन् ।

उनी सधैँजसो सही तरिकाबाट बिचलित हुन चाहन्नन्, त्यसैले मैले उनको सहमति पछि उनी उनको पूर्व पतिसँग बस्नको लागि अनुमति दिएको छु ।”

वर्तमान पतिले अहिले श्रीमती गर्भवती रहेको बताएका छन् । त्यसैले उनले आफ्नी श्रीमतीका पूर्व पति जुन बेला पनि आएर भेट्न सक्ने सम्झौता गरेका हुन् ।

एक वर्षसम्मका लागि आफ्नो बच्चा पनि लिन सक्ने र त्यो बेलासम्मका लागि रुबीना आफ्ना पूर्व पतिसँगै रहन सक्ने सम्झौता भएको छ ।

पूर्व पतिले पनि आफ्नो बयान दर्ता गराएका छन् । उनले बयानमा बच्चा र रुबीनालाई राम्रो रेखदेख गरेर राख्ने बताउका छन् ।

उनीहरुले एकअर्कामा सहमति गरेर हस्ताक्षर गरेका छन् । सम्झौता पछि वर्तमान पतिले पूर्व पति आफ्नो बच्चाको साथमा खुसीले बस्न सकुन् भनेर गरेको बताएका छन् ।

किनभने उनी आफ्नी श्रीमती दुखमा परेको देख्न चाहदैनन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?