काठमाडौं । अध्ययन गर्ने कोठा वास्तु शास्त्रका अनुसार बनाइएको छ भने बच्चाहरुलाई पढाईमा मन जान्छ र उनीहरुमा पनि क्रिएटिभिटीको विकास हुने गर्दछ । तर हामीलाई त्यस विषयमा थाहा नहुन पनि सक्छ ।
घर निर्माण गर्न लाग्दा हामी वास्तु हेराएर बनाउने गर्दछौँ । तर हामी स्कूल र अध्ययन कोठा बनाउँदा त्यति धेरै वास्तुमा ध्यान दिदैनौँ । तर घरैजस्तो गरेर विद्यालयमा वास्तुशास्त्रको ध्यान दिदैनौँ ।
जसका कारण अध्ययन गर्ने विद्यार्थीहरुमा त्यसको नराम्रो असर पर्ने गर्दछ । जानौँ अध्ययन कक्षको सम्बन्धी वास्तु शास्त्रका १० टिप्स
१. पूर्व, ईशान, उत्तर, वायव्य, पश्चिम र नैऋत्यमा अध्ययन कक्षा बनाउन सकिन्छ । अझ विशेष त पूर्व, उत्तर र वायव्यमा बनाएको उत्तम मानिन्छ ।
२. अध्ययनको बेला दक्षिण तथा पश्चिम दिशाबाट पूर्व तथा उत्तर दिशातिर मुख फर्काएर पढ्नु पर्दछ । घरको वा स्कूलमा पढ्दा उत्तर दिशातिर अनुहार फर्काएर पढेको राम्रो मानिन्छ ।
३. अध्ययनको बेलामा आफ्नो ढाड पछाडि ढोका वा भर्याङ हुनु हुँदैन । र अध्ययन कोठाको ईशान कोण खाली हुनु आवश्यक हुन्छ ।
४. तस्वीर अध्ययन कोठाको उत्तर दिशा तर्फ लगाएको उत्तम मानिन्छ ।
५. अध्ययन कोठामा माता सरस्वतीको चित्र वा हाँस, वीणा वा महापुरुषहरुको तस्वीर राख्न सकिन्छ ।
६. अध्ययन कोठामा हरियो कलरको सुँगाको चित्र लगाउन अत्याधिक आवश्यक हुन्छ । जसले बच्चाहरुलाई पढ्न मन लाग्दछ ।
७. घरको उत्तर दिशामा हरियाली, सुँगाको चित्र वा शुभ पंक्षीहरुको चित्र लगाउन सकिन्छ । यसले घरका सबै सदस्यहरुको एकाग्रता कायम बनाइराख्दछ ।
८. मयुरको प्वाँख, वीणा, कलम, पुस्तक, हाँस वा माछोको चित्र कोठामा टाँस्न सकिन्छ ।
९. केहि वास्तुकारहरुले भने जम्पिङ फिस, डल्फिन वा माछाको जोडीको चित्र राख्दा राम्रो हुने बताएका छन् ।
१०. अध्ययन कोठाको ढोकाको रङ सेतो, पिंक राख्नुपर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया