कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११, कलुवापुरमा एक दम्पतीको हत्या गरेको आरोपमा आफ्नै छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
गत फागुन १५ गते घरभित्रै जयलाल भण्डारी र उनकी श्रीमती धना मृत अवस्थामा भेटिएका थिए ।
अनुसन्धानमा क्रममा जेठी श्रीमतीका छोरा २६ वर्षीय भरत भण्डारीको संग्लनता देखिएको पाइएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।
जयलालले जेठी श्रीमतीको मृत्यु भएपछि धनासँग दोस्रो विवाह गरेका थिए । भरत डडेल्धुराको जोगेनामा बस्दै आएका थिए । हत्यापछि उनी भागेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।
आफ्नै घरमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका भण्डारी दम्पत्ती र छोराबीच लामो समयदेखि घरायसी विवाद रहेको स्थानियले बताएका छन् ।
जयललालले जेठी श्रीमतीको स्तन क्यान्सरबाट मृत्यु भएपछि दुई वर्षअघि धनासँग विवाह गरेका थिए । बाबुआमाको हत्यापछि सात महिनाकी छोरी पनि घटनास्थलमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनको अहिले पनि उपचार भइरहेको छ ।
यो पनि पढ्नुहोस्
कञ्चनपुरमा दम्पतीको विभत्स हत्या, घटनास्थल पुग्यो प्रहरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया