काठमाडौं । कोरोना भाइरस यस समय सारा विश्वभरि महामारीको रुपमा फैलिएको छ । कोरोनाले अब विवाहित व्यक्तिहरुको नातामा पनि तुषारापात गर्न थालिसकेको छ ।
चीनको शिचुआन प्रान्तमा एक महिनामा ३०० भन्दा धेरै दम्पतीहरुको सम्बन्ध बिच्छेदका घटना दर्ता भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना भाइरसका कारण अहिलेसम्म पनि धेरै मानिसहरु घरमा कैद छन् । त्यसकै कारणले श्रीमान-श्रीमतीका विवादको घटनाहरु लगातार बढिरहेका छन् ।
उनीहरुको आपसी झगडा यहाँसम्म बढिसकेको छ कि,श्रीमान-श्रीमतीको बीचमा सम्बन्ध बिच्छेद समेत हुन लागेको छ ।
डाझोउ इलाकामा म्यारिज रजिस्ट्रीका म्यानेजर लु शिजनले कोरोनाकै कारण सयौँ दम्पतीहरु वैवाहिक सम्बन्ध तोड्न लाग्दै गरेको बताएका छन् ।
कोम्बरोनाको असरले विवाहित दम्पतीहरुले सन्ध बिच्छेदका घटना तीव्र गतिमा दर्ता भईरहेका छन् । अहिलेसम्म ३०० भन्दा धेरै संख्यामा सम्बन्ध बिच्छेदका घटना दर्ता भएका छन् ।
चीनमा सम्बन्ध बिच्छेदका घटनाहरु यसकारण पनि बढिरहेका छन् कि, कोरोनोका कारण अधिकांश समय श्रीमान-श्रीमती घरमा बस्नु परेको छ ।
कार्यालयहरु बन्द भएपछि उनीहरु घरमै कैद भएर जीवन यापन गरिरहेका छन् । त्यसैले पनि अधिकांश समय उनीहरु घरमै रहने कारणले उनीहरुमा एक किसिमको नकारात्मक प्रभाव परेको हुनसक्ने अनुमान गरिएको छ ।
घरमा श्रीमान-श्रीमती आवश्यक भन्दा धेरै समय बिताइरहेका छन्, त्यसैले पनि उनीहरुको नातामा नकारात्मक प्रभाव परेको आँकलन गरिएको छ ।
कोरोना भाइरसका कारण अहिले सबै सरकारी कार्यालयहरु बन्द भएकोले सम्बन्ध बिच्छेदका केश पेन्डिङमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया