एन आई सी एशिया बैंकका ग्राहकलाई हायात रिजेन्सी होटलमा १५ प्रतिशत छुट

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र हायात रिजेन्सी होटलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट दिने सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता अनुसार एन आई सी एशियाका ग्राहकहरुले काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच समझदारी भएको हो ।

उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गरेका हुन् ।

उक्त योजना शुरु भएको १ वर्षको लागि लागू हुने बैंक र होटलको समझदारी छ । उक्त समझदारी बमोजिम यस बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । यसैगरी ग्राहकहरूले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

हाल बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?