काठमाडौं । नेपालमा हुनसक्ने कारोना रोगको संक्रमणलाई मध्यनगर गर्दै सरकारले आफ्नो पूर्वतयारीलाई सशक्त पार्दै लगेको छ ।
सोमबार कोरोनाको संक्रमण रोकथामका लागि गठन भएको उच्चस्तरीय समितिको बैठकले काठमाडौंका ६ वटा अस्पतालमा २२० वटा आईसीयू बेडको व्यवस्था गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार टेकु अस्पताल, आयुर्वेद अस्पताल कीर्तिपुर, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०–२० वटा गरी २२० आईसीयू बेडको तत्काल व्यवस्था गरिनेछ ।
यस्तै खरिपाटीसहित विभिन्न अस्पतालमा गरी हजार बेड क्षमताको आइसोलेसन वार्डको व्यवस्था गर्ने पनि सरकारले निर्णय गरेको छ ।
यस्तै उपत्यका बाहिरका ६ स्थानमा पनि वाइसोलेसन वार्ड बनाउने सरकारको निर्णय छ ।
स्वास्थ्यकर्मीमा हुनसक्ने सम्भावित संक्रमणलाई ध्यान दिँदै विभिन्न सुरक्षासँग सम्बन्धित सामग्री खरिद गर्ने, स्वास्थ्य सचेतनासम्बन्धी सामग्रीमा ध्यान दिने, अतिरिक्त तलबको व्यवस्था गर्ने निर्णय सरकारले गरेको छ ।
यसैगरी कर्मचारी सञ्चयकोषले कडा रोग लागेबापत दिने रु १० लाखको सूचीमा कोरोना भाइरसलाई पनि राख्ने सरकारले निर्णय गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया