टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएपछि काभ्रेमा तनाव, प्रहरीले गोली चलायो

काठमाडौं । सोमबार साँझ टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएपछि काभ्रेको पनौतिमा तनाव भएको छ ।
घटनाको विरोधमा स्थानीयले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गर्दै स्थितिमा नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
तर, प्रदर्शनकारीले थप आक्रोशित बन्दै प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले गोली चलाउन पुगेको छ । प्रहरीको गोली केही व्यक्तिलाई लागेको बताइएपनि पुष्टि भइसकेको छैन ।
यस्तै प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ।
काभ्रे प्रहरीका अनुसार बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की २६ वर्षीय जुनीमाया तामाङ र ३ वर्षीय छोरी स्मारिकाको मृत्यु भएको छ ।
चालक रोशी–६ का नवराज थापा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?