ललिता निवास जग्गा घोटाला प्रकरणमा पौडेल गए जेल

विशेष अदालत काठमाडौँले ललिता निवास जग्गा व्यक्तिको नाममा बनाउने मुद्दाको आरोप लागेका तत्कालीन कर्मचारी कृष्णप्रसाद पौडेललाई अनुसन्धानका लागि थुनामा पठाउने आदेश जारी गरेको छ ।

न्यायाधीशहरू शिवराज अधिकारी र चन्द्रबहादुर सारुको इजलासले आज थुनछेक बहसपछि थुनामा पठाउने आदेश जारी गरेको हो ।

विशेष अदालतका उपरजिष्ट्रार इन्द्रकुमार खड्काले मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत तत्कालीन शाखा अधिकृत पौडेललाई ललिता निवासको जग्गा भ्रष्टाचार मुद्दामा अदालतमा उपस्थित हुने पौडेल पहिलो व्यक्ति भएको र अनुसन्धानका लागि थुनामा पठाउने आदेश भएको जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धानले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?