काठमाडौं । कोरोना भाइरसले पीडित गर्भवतीबाट उसको बच्चालाई भाइरस नहुने चीनका शोधकर्ताहरुले दाबी गरेका छन् ।
जर्नल फ्रन्टियर्स इन पीडियाक्ट्रिसमा प्रकाशित एक शोधमा चीनमा नै कोरोना पीडित महिलामाथि भएको रिसर्चमा यसको पुष्टि भएको बताइएको छ ।
शोधकर्ताहरुका अनुसार रिसर्च, ४ त्यस्ता गर्भवती महिलाहरुमाथि भएको थियो, जो कोरोना भाइरस पीडित थिए । हालमा नै जन्मिएका उनीहरुका नवजात शिशुमा कोरोना भाइरस नभएको पुष्टि भएको हो ।
नवजातहरुलाई नियोनेटल युनिटीमा राखिएको छ । उनीहरुमा रुघाखोकी र उच्च तापक्रमको लक्षण नदेखिएको पनि पुष्टि भएको छ ।
४ मध्ये ३ बच्चाहरुको घाँटीबाट सेम्पल लिइएको थियो । साथै चौथो बच्चाकी आमाले भने बच्चाको परिक्षण गर्न इन्कार गरेकी थिइन् ।
चार मध्ये एक बच्चालाई भने श्वास फेर्न केहि असहज भएको शोधकर्ताहरुले बताएका छन् । तर त्यसको उपचार भने बिना कुनै सर्जरी गरिएको थियो ।
साथै अन्य एकको शरीरमा र्याशेज देखिएको थियो । तर केहि दिन पछि आफैँ हटेर गएको थियो । शोधकर्ताहरुका अनुसार नवजात शिशुमा पाइएका ति लक्षणहरुको कोरोना भाइरससँग कुनै सम्बन्ध छैन ।
शोधकर्ता डा. येलेन लिउले र्याशेजको कारण आमामा कोरोनाको संक्रमण छ कि छैन भन्ने कुरामा अहिले सम्म केहि पुष्टि नभएको बताएका छन् । तर चारै नवजात स्वस्थ रहेको र भाइरसबाट रिकभर भईसकेको बताइएको छ ।
शोधकर्ता येलेन लिउका अनुसार नवजात शिशुलाई संक्रमणबाट बचाउनको लागि सिजेरियन डेलिभरी अत्याधिक राम्रो विकल्प हुन सक्ने बताएका छन् ।
चार मध्ये मात्र एक आमको मात्र सामान्य डेलिभरी भएको थियो, किनभने उनलाई अत्याधिक पीडा समय भन्दा पहिला नै शुरु भएको थियो । तर नवजात शिशु भने स्वस्थ रहेका छन् ।
सामान्य डेलिभरी संक्रमणको उपचार कति सुरक्षित छ ? यसमा रिसर्च भईरहेको छ । शोधकर्ताहरुका अनुसार नवजात शिशुलाई सेम्पलका लागि लगिएको छ ।
जसमा नाल, एम्नियोटिक फ्लुइड, नवजातको रग, ग्यास्ट्रिक फ्लुइड सामेल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया