काठमाडौं । कारोना भाइरसका कारण भारतको ताज महल बन्द भएको छ । भारत सरकारले कारोना भाइरसको संक्रमण रोक्न ताज महल बन्द गरिएको हो ।
प्रेमको प्रतिकको रुपमा रहेको भारतको प्रख्यात पर्यटकीय गन्तव्य ताज महल कोरोनाको त्रासले नै बन्द गरिएको भारतको संस्कृति मन्त्रालयले जनाएको छ । दैनिक हजारौँको संख्याले अवलोकन गर्ने ताज महल कोरोना भाइरसको संक्रमण नफैलियोस भनि बन्द गरिएको बताइएको छ ।
ताज महलसँगै भारतका अरु ठूला संग्राहलय तथा पर्यटकीय केन्द्रहरु बन्द गरिएका छन् । भारतमा अहिलेसम्म कम्तिमा १२५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणका कारण हालसम्म विश्वमा सात हजारबढी मानिसको मृत्यु भइसकेको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया