काठमाडौं । काभ्रेको पनौतीमा सोमबार साँझ टिप्परको ठक्करबाट दुईजनाको मृत्यु भएपछि उत्पन्न तनावलाई रोक्न लगाईएको कर्फ्यू हटाइएको छ ।
तनाव र त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितीलाई मध्यनजर गर्दै प्रशासनले पनौतीमा कर्फ्यू लगाएको थियो । सोमबारनै स्थानिय आक्रोसित बन्दै प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले गोलीसमेत चलाएको थियो । प्रहरीको गोलीबाट नौ जना घाइते समेत भएका थिए ।
मंगलबार स्थानिय झन आक्रौसित भएपछि प्रशासनले कर्फ्यू लगाएको थियो । काभ्रे प्रहरीका अनुसार बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की २६ वर्षीय जुनीमाया तामाङ र ३ वर्षीय छोरी स्मारिकाको मृत्यु भएको थियो ।
यो पनि पढ्नुहोस्
१३ फोटोमा हेर्नुहोस् : पनौतीमा कर्फ्यू
पनौतीमा अनिश्चतकालिन कर्फ्यू आदेश, भएको के हो ?
टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएपछि काभ्रेमा तनाव, प्रहरीले गोली चलायो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया