सिमा नाकामा थप सर्तकता, बनबासा नाकामा साना गाडी रोक

कञ्चनपुर । प्रशासनले नेपालमा कोरोनाको जोखिम हुने भन्दै बनबासा नाकामा नेपाल भारत चल्ने साना गाडी बन्द गरेको छ । कोरोना संक्रमण लाई मध्यनजर गरि आज बाट बनबासा नाकामा नेपाल भारत चल्ने साना गाडी (जीप, कार) पनि बन्द गरीएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

भारतमा कोरोनाको संक्रमण देखिन थालेपछि नेपालले नाकामा उच्च सर्तकता अपनाएको हो ।

भारतमा अहिलेसम्म कम्तिमा १२५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणका कारण हालसम्म विश्वमा सात हजारबढी मानिसको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?