चितवनमा ७२ घण्टामै बन्दैछ ७० शैय्याको अस्पाताल

चितवन । उद्योग संघ चितवनको निर्माण भइरहेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा ७२ घण्टाभित्र ७० शैय्याको अस्पताल बनाइने भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार चितवनमा कोरोनाको संक्रमण भएका र आशंका गरिएका बिरामीलाई राख्न ७० शैय्याको अलग्गै अस्पताल बनाउन लागिएको हो ।

अस्पतालमा ५० शैय्या साधारण बेड, १० शैय्याको एचडीयू (हाई डिपेन्डेन्ट यूनिट) र १० शैय्याको आईसीयू राखिने भट्टराईले जनाकारी दिए ।

७२ घण्टा भित्र अस्पताल निर्माण गर्न चितवनका विभिन्न संघ संस्थालाई जिम्मा दिइने भएको छ । कोरोना रोकथाम तथा पूर्वतयारीका लागि भरतपुर महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?