प्रदेश २ को नाम ‘जानकी’ अस्वीकृत, ‘मिथिला भोजपुरा’का लागि मतदान सुरु

काठमाडौं । प्रदेश २ को नामाकरणका लागि भएको मतदानमा जानकी प्रदेश अस्वीकृत भएको छ । जानकी प्रदेशको प्रस्ताव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको थियो ।

१०७ जना प्रदेश सभा सदस्य रहेकोमा जानकी प्रदेशमा ३७ मत खसेको छ भने विपक्षमा ७० मत खसेको छ । प्रदेशको नामाकारण गर्नका लागि दुई तिहाई मत चाहिन्छ अर्थात ७२ मत भएपछि मात्र प्रदेश २ को नाम बहुमतले पारित हुन्छ ।

अब नेपाली काँग्रेसले ल्याएको मिथिला भोजपुरा प्रदेशको प्रस्तावमाथि गोप्य मातदान हुने प्रकृया शुरु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रदेश २ का लागि ४ वटा नाम प्रस्ताव, ‘जानकी’का लागि मतदान सुरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?