आहतमा राहत : चीनले नेपाललाई भन्यो मेडिकल टिम चाहिन्छ ?

काठमाडौं । विश्वभर कोरोना भाइरस फैलिरहेको अवस्थामा चीनले नेपाललाई जुनसुकै बेला पनि आफहुरु सहयोग गर्न तयार रहेको बताएको छ ।

नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै चीनले सबैखाले सहायता दिन तयार रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

चिनियाँ दूतावासमार्फत चीनले नेपाल सरकारलाई के–के सहायता चाहिन्छ भनेर लिस्ट समेत मागेको स्रोतले बताएको छ ।

चीनले भनेको छ– के नेपाल योबेला चीनको सहयोग र सहायता चाहान्छ ? नेपाललाई हामीले मास्क र अन्य मेडिकल सप्लाइजहरु सहितको  टिम पठाउनुपर्छ ? हामी जुनसुकै बेला पनि तयार छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?