राष्ट्र बैंकको कायममूकायम गभर्नरमा चिन्तामणी शिवाकोटी नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई दिएको छ । चैत ५ गते बुधबारदेखि हालको गभर्नर डा चिरञ्जीवी नेपालको कार्यकाल सकिँदै छ ।

नयाँ गभर्नर नियुक्ती नहुने बेलासम्मका लागि अर्थमन्त्रालयले शिवाकोटीलाई कामू गभर्नरको जिम्मेवारी दिएको जनाएको छ । अर्थमन्त्रालयले मंगलबार पत्र पठाउँदै शिवाकोटीलाई उक्त जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना भएका कारण गभर्नर नियुक्तीका लागि सिफारिस हुन सकेको थिएन ।

गभर्नर नियुक्ती एक महिना अघि नै हुनुपर्ने कानूनी प्रावधान भए पनि नियुक्ती हुन नसक्दा शिवाकोटीले जिम्मेवारी पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?