काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक बस्दै छ । विश्वभर महामारी लिएको कोरोना भाइरसकाविरुद्ध लड्न र जनस्तरमा सचेतना जगाउने विषयमा छलफल गर्न बैठक डाकिएको जनाइएको छ ।
आज ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागि हुने जनाइएको छ । मंगलबार प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक डाकेका हुन् ।
बैठकले कोरोनाविरुद्ध लड्न जनचेतान जगाउनका लागि कार्यकर्ता परिचालन गर्ने विषयमा निर्णय गर्ने बताइएको छ ।
यसअतिरिक्त कोरोना भाइरसको संक्रमण भित्रन नदिन तथा भित्रिहाले के गर्ने भनेर सरकारले गरेको तयारीका बिषयमा समेत बैठकमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
बैठक बालुवाटारमा हुने थापाले जानकारी दिए । कोरोना भाइरसको संक्रमण उच्च भएपछि १५ दिनयता राजनीतिक गतिविधि ठप्प प्रायः छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया