काठमाडौं । मंगलबार काठमाडौंमा एक किशोरी सामुहिक बलात्कारको सिकार भएकी छिन् । काठमाडौंको थानकोट क्षेत्रमा घर गइरहेकी किशोरीलाई तीनजनाको समुहले ट्रक भित्र लगेर सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घर हिडेकी ती १७ वर्षकी किशोरीलाई ट्रकमा घर पुर्याइदिने भन्दै ट्रकमा लगेर बलत्कार गरेको प्रहरीले जनाएको छ ।
चन्द्रागिरि नगरपालिका–१५ तीनथानामा पार्किङ गरेर राखिएको ना ३ ख ६९४ ट्रकभित्रै चालक तथा सहचालक मिलेर बलात्कार गरेको
थानकोटस्थित महानगरीय प्रहरी वृत्तका डिएसपी धनश्याम श्रेष्ठले जानकारी दिए।
बलात्कारमा संलग्न भएको आरोपमा राप्ती गाउँपालिका–१, दाङ स्थायी ठेगाना भएका २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२, रामेछापका १९ वर्षीय कपिल खड्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । संलग्नहरुलाई प्रहरीले घटना लगतै पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई थानकोट प्रहरी वृतको हिरासतमा राखेर प्रहरीले घटनान अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया