काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलिएपछि अष्ट्रेलियास्थित दूतावासले सेवा प्रवाह प्रकृयामा फेरवदल गरेको छ । दूतावसले त्यहाँस्थि नेपालीलाई अत्यावश्यक काम बाहेक दूतावस नआउन अपि गरेको हो ।
बिहीबारदेखि लागू हुनेगरी दूतावासले उक्त अपिल गरेको छ ।
राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, गैरआवासीय नेपाली परिचयपत्र, भिसा र सवारी चालकअनुमतिपत्र लगायत राजदूतावासको नियमित कन्सुलर सेवाहरुका लागि दूतावासको वेबसाइटमा उल्लेखित विवरणअनुसारको कागजात तयार पारी हुलाकमार्फत पठाउन दूतावासले अपिल गरेको छ ।
यस्तै, अधिकृत वारेशनामा, मञ्जुरीनामा लगायत दूतावासमा स्वयं उपस्थित भइ सहीछाप गरिदिनुपर्ने कामका लागि अत्यन्त जरुरी अवस्थामा मात्र दूतावासमा आउन पनि अपिल गरिएको छ ।
विशेष कामका लागि आउँदा सम्बन्धित व्यक्तिमात्र आउने तथा अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न पनि दूतावासले सुझाव दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया