कोरोनाको असर नेपाली बजारमा : पेट्रोल ‘सर्टेज’ हुने हल्लाले भिड (फोटोफिचर)

काठमाडौं – उद्गमस्थल चीनमा नियन्त्रणउन्मुख भइरहेको कोरोना भाइरस ‘कोभिड १९’ अहिले विश्वमै महामारी बनेको फैलिरहेको छ । चीनको वुहान सहरबाट गत डिसेम्बर अन्तिम सातादेखि फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ यो समाचार तयार पार्दासम्म एक सय ६७ देशमा फैलिसकेको छ ।

विश्व स्वास्थय संगठन WHO ले हरेक देशलाई उच्च सर्तकता अपनाउन र साबधान रहन भन्दै सचेत गराइरहेका बेला युरोप र अमेरिका निकै आक्रान्त हुँदै गएका छन् । ईटलीमा मृतक संख्या २५ सय नाघेको छ । यो चीनपछिकै ठूलो क्षति हुने मूलुक हो ।

यो समाचार तयार पार्दासम्म विश्वभर ७ हजार ९ सय ८९ जनाको मृत्यु भइसकेको छ । एक लाख अन्ठानब्बे हजार ७ सय १८ केसहरु देखिएका छन् । यो संक्रमितको संख्या हो । ८२ हजार ७ सय उनानअसी जना संक्रमण भएर उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।

यो पनि

कोरोना अपडेट : विश्वभर सात हजार ८ सय ८७ जनाको मृत्यु, युरोपमा भयावह हुँदै

कोरोना भाइरस : चीनको बाटोमा किन हिँड्न सक्दैनन् अरु राष्ट्र ? 

छिमेकी मुलुक भारतमा भयावह बन्दै कोरोना, संक्रमितको संख्या १४७ पुग्यो

कोरोनाको संक्रमण ब्लड ग्रुप ‘ए’लाई धेरै र ‘ओ’लाई कम हुने चिनियाँ शोधकर्ताको दाबी

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी समस्याको रुपमा घोषणा गरिसकेको छ । यो महामारी घोषणा भएपछि विश्व दुनियाँ झनै डराएको छ । तर डराउनु भन्दापनि यस रोगसँग लड्न सचेतना र साबधानी अपनाउनुपर्छ ।

नेपालमा गत कोरोनाको भाईरससँग मिल्दोजुल्दो लक्षण देखिएर नमूना जाँच गराएका करिब ६०० जमूनाहरु नेगेटीभ रहेको पाइएको छ । यद्यपी नेपालमा टेष्ट किटको प्रयोगविना नै चिकित्सकले जाँचेर अनुमानका भरमा रेफर गरेको भनेर समेत आज सामाजिक सञ्जालमा चर्चा चुलिएको छ ।

जे होस् यो महामारीबाट बच्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन स्थगन गरिसकेको छ ।

दक्ष जनशक्ति अभाव, निरीह किसीमको व्यवस्थापन, मेशिनरी सामानको अभाव, हालै परिक्षणद्वारा बजारमा आएका वैज्ञानिक किटको अभाव जस्ता कारणले नागरिकमा निराशा तथा गुनासोहरु बढेको छ ।

नेपालमा विदेशबाट आएका एक जना नेपालीमा कोरोना संक्रमण पोजेटिभ पाइएतापनि तिनको उपचार गरी निको भएर घर फर्किएका कारण विश्वले नेपालमा कोरोना नभएको ग्रिन सिग्नल दिइरहेको छ ।

तर नेपालमा कोरोनाको समाचार आउन थालेदेखि नै यहाँ कालोबजारी भएको प्रष्ट रुपमा बुझ्न सकिन्छ । हो, बजारमा उपभोग्य वस्तु समेत पाउन छाडिएको छ । यतिसम्मकी कपडा किन्ने पसलमा अचाक्ली मोल सुनाउने व्यापारीलाई कपडाको भाउ घटाउनुस् न भन्यो भने सिधै चाईनाबाट सामान नआउने भएकोले लगे लग्नुस् नलगे केहीबेरमा अर्कोे लान्छ भन्ने किसीमको जवाफ दिने गरेका छन् ।

मास्कमा कालोबजारी, सेनिटाईजरमा कालोबजारी, खाना पकाउने ग्यास छैन बजारमा ।

हुँदाहुँदै पर्याप्त मात्रामा आइरहेको हल्लाका भरमा अत्याधिक मात्रामा आफूलाई चाहिने भन्दा बढी संख्यामा सञ्चित गर्दा बजारमा ग्यास अभाव देखिएको छ। पेट्रोल लिन पनि उपभोक्ता लामो लाइन लाग्न थालेका छन्। नेपाल आयल निगम र व्यवसायीको अकर्मण्यताको कारण पम्पहरूमा लाइन लाग्नुपर्ने अवस्था आएको हो।

एकातिर भारतले उसको देशमा फैलिएको कोरोनाको कारण सिमा नाका बन्द गर्यो । अर्कोतर्फ थानकोट डिपोले भाउ घटेकोले भनेको दिन बजारमा ईन्धन पठाएन । सामाजिक सञ्जालमा ईन्धनको लाईन बसेका फोटा सार्वजनिक भएपछि नागरिक स्तरमा जुन भए उत्पन्न भयो त्यसकारण पनि यो समस्या आएको छ ।

हुँदाहुँदै अब पेट्रोल समेत सहज नपाइने अवस्था आएको छ । यस्तो कारणले गर्दा उपभोक्ता आत्तिएका छन् । नाकाबन्दीमा आउँछ आउँछ भन्दाभन्दै सरकार लाचार भएको देखेका आम नागरिकले यसपाली पनि त्यस्तै त हुने होईन भन्दै आशंका गरेका छन् । उपत्यकाका पम्पहरूमा सोमबार साँझदेखि पेट्रोल लिन लाइन लागेको थियो।

उपभोक्ताको भीड बुधबारसम्मै यस्तै छ । यसमा मुख्य तीन कारण देखिएको नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिनेन्द्र प्रधान बताउँछन्।‘पेट्रोल छैन’ भनेर बोर्ड झुन्ड्याएकै कारण पनि नागरिक स्तरमा त्रास फैलिएको छ। यसैबीच ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्दै कालोबजारी सत्याल एण्ड किराना पसल टिकाभैरव र मैतीदेवी पेट्रोल पम्पललाई मंगलबार जनही दुई लाखका दरले जरीवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । कुनैपनि वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, तोकिए भन्दा अधिकतम् मूल्य लिने काम कुनै पनि व्यपारीक र्फमहरुले गरे सम्पर्क गर्न विभागले आग्रह गरेको छ । उपभोक्ताले ११३७ मा फोन गरेर विभागमा गुनासो गर्न सकिनेछ ।

लोकपथको लेन्सबाट देखिएको यी तस्वीर हेर्नुहोस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?