कोरोनाको असर कम गर्न मुकेश अम्बानीले चाले यस्तो कदम

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण यतिबेला विश्व अर्थतन्त्रमा नकारात्मक असर परेको छ । विश्वका ठुला व्यवसायी यतिबेला समस्यामा परेका छन् । यसैक्रममा रिलायन्स इन्डट्रिजका अध्यक्ष मुकेश अम्बानीले कोरोनाको भयावह स्थितीमा आफ्ना सबै कम्पनी तथा कर्मचारीहरुलाई सावधानीका लागि निर्देशन दिएका छन् । भारतको सबैभन्दा ठुलो कम्पनीका अध्यक्ष समेत रहेको अम्बानीले आफ्ना ५ लाख कर्मचारीहरुलाई कोरोनाको असरबाट जोगाउन तथा कम्पनीको नोक्सानी कम गर्नका लागि त्यस्तो निर्देशन दिएका हुन् ।

त्यसो त कोरोनाकै कारण कच्चा तेलको मूल्यमा गिरावट आएसँगै रिलायन्सलाई ठुलो नोक्सान गरेको थियो । त्यसैले पनि अम्बानीले आफ्नो कम्पनीको क्षती कम गर्नका लागि बैठकहरु गरि त्यसबाट पर्ने असर कम गर्नका लागि पहल समेत गरिरहेको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।

त्यस्तै बितेको साढे ३ महिनामा कम्पनीको बजार पूँजीकरण ४।४ लाख करोडले घटेको पाइएको छ । गत वर्ष नोभेम्बरमा कम्पनीको बजार पूँजीकरण १० लाख करोड पुगेको थियो । कोरोनका कारण त्यसबेलादेखि ४४ प्रतिशतले घटेको छ। ब्रेन्ट र डब्ल्यूटीआई कच्चा मूल्य गत एक सातामा साउदी अरेबिया र रसियाबीच मूल्य युद्ध शुरू भए पछि करीव ३५ प्रतिशतले गिरावट आएको छ।

हाल रिलायन्समा करिव ५ लाख कर्मचारी आवद्ध रहेको छन् । यति ठुलो मात्रामा कर्मचारी व्यवस्थापन गर्नका लागि रिलायन्सले बैठक गरि व्यवसायीक जगतमा नोक्सान हुन नदिनका लागि पहल गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?