काठमाडौं । भारतको केरलामा कोच्चिबाट ४० किमी टाढाको एक गाउँमा ‘कोरोना टेक्सटाइल’ नामको पसल वर्षौदेखि छ । तर पछिल्लो केहि दिनयता यो पसल अत्याधिक चर्चामा आएको छ ।
कारण कोरोनाको महामारीले सारा विश्व त्रसित बनेको बेला वर्षौदेखि कोरोना नामको पसल फेला पर्नु नै हो । मानिसहरु त्यहाँ गएर सेल्फी खिचिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यति मात्रै होइन, मानिसहरु नाम पढेपछि पसलेको अनुहार हेर्ने गर्दछन् र मुस्कुराएर जान्छन् ।
पसले पारीदका अनुसार उनले डिक्सनरीमा उक्त नाम देखेपछि त्यहिबाट उक्त पसलको नाम राखेका थिए । तर उनले एक दिन यतिसम्म यस नामको रोग यति धेरै फैलिन्छ भन्ने नसोचेको उनी बताउँछन् ।
उनले भारतीय सञ्चारमाध्यमहरुसँग मानिसहरु पसलमा आएर सेल्फी लिने गरेको बताएका छन् । गाडिमा आएका मानिसहरु पसलको नाम देखेर अचम्ममा पर्ने र गाडि रोकेर हेर्ने गरेको पनि उनले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया