काठमाडौं । प्रहरीले काठमाडौंको सानो भ-याङबाट १० लाख मास्क बरामद गरेको छ ।
कोरोना भाइरसको आतंककाबीच मास्कमा कालोबजारी हुने गरेको गुनासोसँगै आक्रामक रुपमा प्रस्तुत भएको प्रहरीले राजधानीको सानो भर्यााङबाट १० लाख मास्क बरामद गरेको हो ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार सो परिमाणको मास्क बरामद गरेको हो ।
मास्कसँगै गोरखाका युवराज न्यौपानेलाई पनि प्रहरीले पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
यस अघि पनि प्रहरीले काठमाडौंका विभिन्न ठाँउबाट १० लाख बढी मास्क बरामद गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया