उच्च सतर्कता अपनाउन नेपालसहित दक्षिण पूर्वी एसियाका देशलाई डब्लुएचओको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण पूर्वी एसीयाका देशहरुलाई कोरोना भाइरस (कोभिड–१९)को सतर्कता अपनाउन आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठन ले नेपाल, भारत, श्रीलंका, भुटान बांग्लादेशसहित दक्षिण पूर्वी एसियाका सबै मुलुकहरुलाई सतर्कता अपनाउन भनेको हो ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्ध यी सबै मुलुकले आक्रामक तरिका अपनाइ पूर्ण तयार रहन भनिएको हो ।

दक्षिण पूर्वी एसियामा डब्लुएचओकी क्षेत्रीय निर्देषक डाक्टर पूनम खेत्रपाल सिंङले भनिन्–‘लगातारको परिवर्तनले मानिहरुमा संक्रमणको खतरा छ । संक्रमित हुनबाट जोगाउन तत्कालै सबै प्रयास जारी गर्नुपर्छ ।’ उनले भनेकी छिन्–‘हामीले अहिले नै सावधानीपूर्ण कदम उठाउन आवश्यक छ ।’

दक्षिणपूर्वी एसियाका ११ मध्ये आठवटा देशमा कोरोना संक्रमण फैलिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?