भक्तपुरका विद्यालयमा नयाँ शैक्षिक सत्र शुरु नभएसम्म पठनपाठन नहुने

काठमाडौं । चैत्र ६ गतेदेखि भक्तपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा निजी विद्यालयहरुमा नयाँ शैक्षिक सत्र सुरु नभएसम्मका लागि पठनपाठन नहुने भएको छ ।

विश्वका १ सय ६७ राष्ट्रहरुमा फैलिसकेको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले यस्तो निर्णय लिएको हो ।

नगर प्रमुख तथा नगर शिक्षा समितिका संयोजक सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा बालबालिकालाई घरमै सुरक्षित रूपमा बस्न तथा अभिभावकलाई रोग संक्रमणको जोखिमबाट सचेत रहन आग्रह समेत गरिएको छ ।

त्यस्तै, शिक्षक तथा कर्मचारीहरूले आफ्ना विद्यार्थी तथा अभिभावकहरूलाई कोरोना भाइरसबारे जानकारी गराउँदै सचेतना अभियान सञ्चालन गर्न निर्देशन पनि दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?