कोरोनाको डरले ब्राजिलका ४ जेलबाट १५ सय कैदीबन्दी फरार

काठमाडौं । कोरोना भाइरससँग लड्नका लागि दक्षिण अमेरिकी देश ब्राजिल सरकारले उठाएको कदमका कारण साओ-पाओलोका ४ ओपन जेलबाट १५ सय कैदीबन्दी फरार भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोंगागुआ, ट्रेन्मेम्बे, पोर्टो फेलिज र मिरान्डा पोलिसको जेलबाट कोरोना संक्रमणलाई रोक्नका लागि सरकारले क्वारेन्टाइन प्रक्रियाको कदम उठाएको हो ।

त्यसकै कारणले कैदीहरु डराएर फरार भएको बताइएको छ ।

ब्राजीलमा अहिलेसम्म कोरोना भाइरसका २३४ संक्रमित फेला परेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?