काठमाडौं । विदेशमा रहेका भारतीय नागरिकहरुमध्ये सबैभन्दा धेरै ईरानमा २५५ नागरिक कोरोना भाइरसबाट संक्रमित भएको पाईएको छ ।
भारतको विदेश मन्त्रालयको तर्फबाट बुधवार लोकसभामा एक लिखित उत्तरमा दिइएको जानकारीका अनुसार विदेशमा रहेका २७६ भारतीय नागरिकलाई कोरोनाको संक्रमण देखिएको छ ।
जसमध्ये सबैभन्दा धेरै ईरानमा रहेका २५५ जनामा कोरोनाको संक्रमण देखा परेको भारतीय सञ्चारमाध्यमहरुले खबर प्रकाशित गरेका छन् ।
ईरान पछि संयुक्त अरब इमिरेट्समा १२, इटालीमा ५,हङकङ,कुवेत, रवान्डा र श्रीलंकामा रहेका एक-एक जना भारतीयमा कोरोनाको संक्रमण देखा परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया