काठमाडौं – चीनको वुहानबाट गत डिसेम्बरमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ को कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ८ हजार नाघेको छ । पछिल्लो जानकारी अनुसार ८ हजार १२ जनाको मृत्यु भएको हो । दुई लाख बढी मानिस यस भाइरसबाट संक्रमित भएका छन् ।
दुई लाख २ हजार २ सय ७७ जना मानिस संक्रमित भएका छन् । ८२ हजार ८ सय १३ जना मानिस उपचारपछि घर फर्किएका छन् । भाइरस विश्वका १६७ देश मा फैलिसकेको छ ।
देशभरका होटललाई क्वारेन्टाइन बनाईने
विश्वभरी फैलिएको अवस्थामा नेपालमा पनि सरकारले उच्च सर्तकता विभिन्न काम गरीरहेको छ । कोरोना फैलिन नदिन सरकारले विभिन्न देशभरका होटललाई क्वारेन्टाइन बनाउन प्रस्ताव गरेको छ । होटललाई अस्थायी अस्पतालका रूपमा प्रयोग गर्न होटेल संघ नेपाल (हान)लाई अनौपचारिक रूपमा सरकारले प्रस्तावसमेत गरिसकेको बताइएको छ । हानले उक्त प्रस्तावमा समर्थन जनाएको छ ।
सरकारले अहिले पहिलो चरणको काम गरीरहेको छ । होटललाई क्वारेनटाइन बनाइने विषय दोस्रो चरणको तयारी हो । संक्रमण फैलिहाले होटलाई क्वारेन्टाइन बनाइने भएको हो । सबै होटल व्यवसायीले उक्त प्रस्तावलाई समर्थन जनाएका छन् ।
कोरोना भाइरस ‘कोभिड १९’ का कारण विश्व त्रसित छ । छिमेकी मूलुक चीनबाट गत डिसेम्बर अन्तिम साता फैलिएको कोरोना आजको दिनसम्म एक सय ६७ देशमा फैलिसकेको छ । नेपालमा भने फैलिएको छैन । एक जनामा दुई साताअघि कोरोना देखिएर उपचारपछि घर गइसकेका छन् । विश्व मानचित्रको नक्सामा नेपालमा हरियो रङ नै छ । यसको अर्थ हुन्छ संक्रमण फैलिएको छैन । अर्थात् सुरक्षित ।
निकै ढिलो गरी साबधानी अपनाएको आलोचना खेपेको सरकारले अहिले निकै होसियारी अपनाउदै रणनीतिक ढंगले देश र नागरिकलाई कोरोनामुक्त बनाउन लागेको देखिन्छ ।
सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब बन्द गर्ने
सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले आज बुधबार ३० अप्रिलसम्मलाई बन्द गर्ने निर्णय गरेको हो ।
यस भाइरसको प्रकृति निकै संक्रमक भएका कारण हाच्छ्यु गर्दा, खोक्दा, श्वासप्रश्वास गर्दा सजिलै सर्ने भएकोले पनि निकै सचेतना अपनाउन जरुरी छ ।
सरकारले नागरिकलाई कामका बेला बाहेक भिडभाडमा नजान, घुमफिरको लागि यात्रा तय नगर्न तथा उपभोग्य वस्तुको खपत सन्तुलित र सावधानीपूर्वक गर्न भनिरहेको छ ।
अव २५ जना भन्दा बढी भेला हुन नपाउने
अव २५ जना भन्दा बढी भेला हुन नपाउने सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ । आज बसेको रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको आठौं बैठकले अत्यावश्य काम बाहेक आवतजावत, हिँडडुल गर्न, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक, सामाजिक क्षेत्र, स्थलमा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको हो ।
सरकारको निर्णयः ५५ मुलुकबाट नेपाल आउन रोक
सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन प्रतिबन्ध लगाएको हो । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण धेरै देशहरुले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका छन् । यसैक्रममा नेपाल सरकारले कोरानाको संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया