शवयात्रामा मास्क लगाएर दिइयो कोरोनाबाट बच्ने सन्देश

काठमाडौं । भारतको इन्दौर शहरको एक परिवारले बुधवार शवयात्रामा मास्क लगाएर घातक कोरोना भाइरसबाट बच्नका लागि सन्देश दिएका छन् ।

शहरका पूर्व विधायक स्व. रतनपाटोदीका भाई धन्नालाल पाटोदीको निधनमा बुधवार अनौठो तरिका अपनाएका हुन् ।

मृतकका भतिजा नकुल पाटोदीका अनुसार इतवारिया बजारस्थित धन्नालाल पाटोदीको बुधवार विहान निधन भएको थियो ।

विश्वमा फैलिरहेको महामारी कोरोना भाइरसका कारण मध्य प्रदेश सरकार वा भारत सरकारले २० जना भन्दा धेरै व्यक्ति एकत्रित हुन नपाइने बताएको छ ।

त्यसैलाई ध्यानमा राख्दै उनीहरुले आफ्नो संस्कार अनुरुप सबै जना शव यात्रामा आउने भएकोले मास्क लगाएर मात्रै आउन अनुरोध गरेको बताएका हुन् ।

मास्क नलगाई आएकाहरुलाई पनि घरमा मास्क बाँडेर मात्रै शव यात्रामा लगिएको थियो । परिवारले यो अनौठो कार्य विश्वमा फैलिरहेको महामारीबाट बँच्नका लागि सन्देश र आम सर्वसाधारणहरुमा जागरुकता गराउन गरेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?