BREAKING : एसईई परीक्षा स्थगित

काठमाडौं-  भोलिबाट हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने जानकारी दिइएको छैन ।

कोरोना भाइरस ‘कोभिड १९’ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका अनुसार एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको हो ।

यस वर्ष ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थी एसईईमा सहभागी हुँदै थिए ।

कोरोना भाइरसका कारण विश्वभर हालसम्म ८ हजार २ सय पचासको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या यो समाचार तयार पार्दासम्म २ लाख ४ हजार ४७ पुगेको छ । विश्वका १ सय ७० देशमा यो भाइरस फैलिसकेको छ । सरकारले उच्च सतर्कता अपनाउन नागरिकलाई अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?