५०० तिरेर प्रचण्डलाई जुत्ता हान्ने छुटे

नेकपा अध्यक्ष प्रचण्डलाई जुत्ता प्रहार गरेको अभियोगमा पक्राउ परेका जुम्लाका रतन तिरुवा बुधबार रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सीडीओ जनकराज दाहालले तिरुवालाई रु ५०० धरौटीमा रिहा गर्ने आदेश दिएका हुन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी कौशल कुमार बुढाथोकी तिरुवा ५०० धरौटीमा बुधबार रिहा भएको जानकारी दिए ।
गत फाुगन १८ गते काठमाडौंको राष्ट्रियसभामा आयोजित कार्यक्रमा प्रचण्डमाथि उनले जुत्ता प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?