काठमाडौं- छिमेकी मुलुक चीनको वुहान सहरबाट अंग्रेजी वर्षको डिसेम्बर अन्तिम सातादेखि सुरु भएको कोरोना भाइरस ‘कोभिड १९’ को कारण विश्व त्रसित बनेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको छ । आक्रमक रुपमा फैलिएको यो भाइरसको विरुद्धको औषधी खोजी गरिरहेको भएतापनि सफलता हासील गर्न सकेको छैन ।
यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ८ हजार ९ सय ६७ जनाको मृत्यु भइसकेको छ । प्राप्त जानकारी अनुसार २ लाख १९ हजार २ सय ४३ केसहरु देखिएको छ । यो संक्रमितको संख्या हो । ८५ हजार ७ सय ४५ जनामा संक्रमण भएर उपचारपछि निको भएर घर फर्किएका छन् । यो भाइरस १ सय ७६ देशमा फैलिएको छ । बुधबार मात्रै थप १० देशमा यो संक्रमण फैलिएको हो ।
उद्गमस्थल चीनमा नियन्त्रणउन्मुख भइरहेको भाइरस ‘कोभिड १९’ अहिले विश्वमै महामारी बनेको छ ।
महामारी घोषणा भएपछि विश्व दुनियाँ झनै डराएको छ । तर डराउनु भन्दापनि यस रोगसँग लड्न सचेतना र साबधानी अपनाउनुपर्छ ।
हालसम्म यो भाइरसका कारण सबैभन्दा बढी चीनका नागरिकले ज्यान गुमाएका छन् । चीनपछि इटली, इरान र स्पेनमा धेरैको मृत्यु भएको छ । यसैबीच विश्वका सबैजसो देशहरुले हवाई सेवा उद्द, सिमामा सिल गर्ने, आवतजावत बन्द गर्ने जस्ता उपायहरु अपनाइरहेको छ । विदेशमा अध्ययन वा कामको शिलशिलामा पुगेका केहि नेपालीमा पनि यसको संक्रमण भएको समाचार आएको थियो ।
यसैबीच चैत ३ गते १६ तारिकमा नेपालस्थित अमेरिकी दूतावासले भाइभर्सिटी भिसा डीभी० र गैर आप्रवासी भिसाका लागि नियमित अपोइन्टमेन्टहरु रद्द गरेकोमा आज सामाजिक सञ्जाल फेसबुकमार्फत सोको जानकारीबारे प्रष्ट पार्ने स्टाटस दुतावासले पोष्ट गरेको छ ।
अमेरिकी दूतावासले सोमबार बिहान ११ः६ बजे जारी गरेको सूचना अनुसार तत्कालका लागि भिसा अपोइन्टमेन्ट रद्द गरेको जानकारी गराएको थियो । उसले भनेको थियो, जतिसक्दो छिटो भिसा सेवा पुर्नसञ्चालन गर्ने तर निश्चित समय तोक्न भने असमर्थ रहेको छौँ ।
साथै कुनै कारणवश अति जरुरी तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्टका लागि अनुरोध गर्न समेत भनिएको थियो । सोहि जानकारीबारे आज स्टाटसमार्फत दूतावासले भनेको छ, भिसा आवेदकका लागि नोभल कोरोना भाइरससम्बन्धी सूचनास् २०७६ चैत ४ गतेदेखि लागु हुने गरी काठमाडौँस्थित अमेरिकी दूतावासले डाइभर्सटी भिसा र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको छ। अमेरिकी दूतावासले २०७६ चैत १० गतेदेखि आप्रवासी भिसाका सबै नियमित अपोइन्टमेन्ट रद्द गर्दै छ। हामी यथाशक्य चाँडो भिसा सेवा पुनः सञ्चालन गर्नेछौँ तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौँ। एमआरभी शुल्क मान्य रहनेछ र जुन मुलुकमा भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति प्रयोग गर्न सकिनेछ। अति जरुरी कारणवश तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्टको अनुरोध गर्नका लागि कृपया [email protected] मार्फत सम्पर्क गर्नुहोला।
Information for visa applicants regarding novel coronavirus: As of March 17, 2020, the United States Embassy in Kathmandu is cancelling routine Diversity visas and nonimmigrant visa appointments. From March 23, 2020, the U.S. Embassy is cancelling all routine immigrant visa appointments. We will resume routine visa services as soon as possible but are unable to provide a specific date at this time. The MRV fee is valid and may be used for a visa application in the country where it was purchased within one year of the date of payment. If you have an urgent matter and need to travel immediately, please contact [email protected] request an emergency appointment.
कोरोना भाइरसको जोखिम विश्वव्यापी रुपमा बढेको छ । चीनले एक साताअघि नै यो नियन्त्रणउन्मुख भएको बताएतापनि ईटलीको मृत्युदर हेर्ने हो भने यो महामारीले कहिलेसम्म सताउने हो भन्ने अनुमान गर्न मुस्किल छ ।
यसैबीच विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण धेरै देशहरुले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएसँगै हालसम्म सुरक्षित रहेको र अब कोरोना भित्रन नदिन भन्दै नेपालसरकारले कोरानाको संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन प्रतिबन्ध लगाएको हो ।
यो प्रतिबन्ध २० मार्च अर्थात शुक्रबारबाट लागू हुनेछ र १५ अप्रिलसम्म कायम रहनेछ ।
बैठकमा सहभागी एक मन्त्रीले भने, ‘अहिले नै सरकारले पूर्ण रुपमा ‘लकडाउन’ भनेको छैन तर यो प्रतिबन्धले ५५ प्रदेशबाट नेपाल आउन रोक्नेछ ।’
उपप्रधान तथा रक्षामन्त्री एवं समितिका संयोजक ईश्वर पारेखलले आवश्यक पर्दा सरकारले लकडाउन पनि घोषणा गर्न सक्ने बताए ।
हिजोको बैठकले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ । अत्यावश्यक काम बाहेक आवतजावत, हिँडडुल गर्न, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक, सामाजिक क्षेत्र, स्थलमा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको हो ।
बैठकले आजबाट हुने तालिका रहेको एसईई पनि स्थगित गरेको छ भने चैत महिनाभर विश्वविद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ ।
निकै ढिलो गरी साबधानी अपनाएको आलोचना खेपेको नेपाल सरकारले अहिले निकै होसियारी अपनाउदै रणनीतिक ढंगले देश र नागरिकलाई कोरोनामुक्त बनाउन लागेको देखिन्छ ।
यस भाइरसको प्रकृति निकै संक्रामक भएका कारण हाच्छ्यु गर्दा, खोक्दा पनि सजिलै सर्छ । निकै सावधानी अपनाएर नागरिकको स्वास्थ्यउपचारमा खटिएका चिकित्सकलाई पनि संक्रमण भएको हुँदा निकै सावधानी अपनाउन जरुरी छ ।
सरकारले नागरिकलाई कामका बेला बाहेक भिडभाडमा नजान, घुमफिरको लागि यात्रा तय नगर्न तथा उपभोग्य वस्तुको खपत सन्तुलित गर्न भनिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया