काठमाडौं । एउटा कुखुराको भालेको मूल्य हाम्रो देशमा कति पर्ला ? हाम्रो देशमा १५ सय देखि ५ हजार सम्ममा छानीछानी भालेहरु किन्न पाइन्छ । तर एउटा भालेको मूल्य दुई लाख ५० हजार रुपैयाँ भन्दा धेरै पर्दछ भन्ने कुराले तपाईलाई अचम्मित बनाउन सक्दछ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, इन्डोनेसियामा एउटा भालेको मूल्य २५ हजार डलर अर्थात २ लाख ५० हजार नेपाली रुपैयाँ भन्दा धेरै परेको हो ।
यो भालेको ब्ल्याक ककपोड सिम्यानी जातको हो । जसको बाहिरी रंग मात्रै होइन मासु र हड्डी समेत कालो नै हुन्छ । यो दुर्लभ प्रजातिको भाले पनि हो ।
इण्डोनेसियामा पहिलो पटक पाइएको यो कुखुरा सन् १९८८ पछि भने युरोपमा समेत उत्पादन गरिएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया