४ करोड ८० लाख मूल्यमा बिक्री भएको यो जुत्ता !

लोकपथ संवाददाता
0
Shares
Nike “Moon Shoe” worn by Mark Covert in the 1972 U.S. Olympic Trials at Niketown Eugene in Eugene, Ore. The waffle-soled shoes were made from Bill Bowerman in a waffle iron and were the first Nike shoes worn durinig competition. (Photo by Kirby Lee/WireImage)

काठमाडौं । एउटा जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ ।

नाइकीको सह-संस्थापकले डिजाइन गरेको उक्त ऐतिहासिक जुत्ता न्यूयोर्कको एक लिलामीमा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा अन्तिम जोर भएको बताइएको छ ।

सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट मुन नामको जुत्ताले एक लाख ६० हजार डलर पाउने अपेक्षा गरिएको थियो । तर क्यानेडाली माइल्स नाडालले त्यसलाई चार लाख ३७ हजार पाँच सय डलर तिरेका हुन् । बाँकी ९९ जोर जुत्ता पनि उनले नै आठ लाख ५० हजार डलरमा किनेका हुन् ।

सो जुत्ता दौड प्रशिक्षक रहेका नाइकीका सह-संस्थापक बील बाओरम्यानले डिजाइन गरेका थिए । यो डिजाइनको जुत्ता १२ जोर हातैले सिलाइएको थियो र सन् १९७२ को ओलिम्पिक खेलकुदको छनौटमा केही खेलाडीहरूलाई बाँडिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?