दुई साताभित्र अमेरिकामा प्रत्येक घरमा राहत चेक पठाइने

काठमाडौं । यतिबेला विश्वमा कोरोना भाइरसको कारण सन्त्रास फैलिएको छ । यसैक्रममा विभिन्न राष्ट्रहरुले आ आफ्नो देशमा तयारी थालेका छन् । त्यस्तै अमेरिकामा कोरोना भाइरस प्रभावित जनतालाई राहत दिन दुई साताभित्रै घरघरमा चेक पठाउने तयारी त्यहाँको सरकारले गरेको छ ।

कोरोनाको संक्रमण थप नहोस भन्नका लागि सरकारले त्यसो गरेको त्यहाँका सञ्चार माध्ययमले गरेका छन् । त्यहाँ केही समय उक्त समाचारले चर्चा पाइरहँदा ट्रेजेरी सेक्रेटरी स्टेभेन म्नुचिनले राहत स्वरुप चेक पठाइन लागेको पुष्टि गरेका हुन् ।

म्नुचिनका अनुसार जनतालाई कति रकमको चेक पठाउने, परिवार वा व्यक्ति केलाई आधार मान्ने, कति आम्दानी भएका सम्मलाई दिने ?भन्ने बारे छलफल भइरहेको साथै छिट्टै उक्त कदम चालिने उनले बताए ।

उनले यो राहत रकम राष्ट्रपति ट्रम्पले कोरोना भाइरस विरुद्ध लड्नका लागि वनाएको ८५० विलियन डलरको कोषवाट हुने पनि जानकारी दिएका छन्।

यसैक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले यो असाधारण अवस्थामा आफ्नो प्रशासन अमेरिकी जनतालाई सबै किसिमको सहयोग गर्न तयार रहेको बताउँदै अमेरिकी कांग्रेससँग मिलेर थप राहत प्याकेज घोषणा गर्न लागेको पनि बताका छन् । अहिलेसम्म कोरोनाका कारण अमेरिकामा १६० जना मानिसको मृत्यु भइसकेको छ । भने ९ हजार ४ सय ८६ जना संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?