काठमाडौं । आइतबारबाट देशभरका अदालत २ हप्ता बन्द हुने भएका छन् । विश्वभर फैलिएको कोरोना संक्रमणलई मध्यनजर गर्दै अदालत बन्द गर्ने निर्ण भएको हो ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैत २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको हो ।
शुत्रबारको बैठकले बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिने सर्वोच्च बताइएको छ ।
चीनको वुहानबाट सुरु भएको उक्त कोरोना भाइरसबाट अष्ट्रेलिया ७ जनाको मृत्यु भएको छ । हालसम्म अष्ट्रलियामा ८ सय भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ ।
विश्वनै कोरोना भाइरसको चपेटामा परेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरमा १० हजार ४८ जनाको मृत्यु भएको छ । २ लाख ४५ हजार ८ सय ८१ जनालाई संक्रमण भएको छ । ८८ हजार ४ सय ६५ जना निको भएर घर फर्कीएका छन् । अहिलेसम्म १८० देशमा संक्रमण फैलिएको छ ।
भाइरसका कारण इटालीमा अहिलेसम्म ३ हजार ४०५ जनाको मृत्यु भएको छ । चीनमा भने ३ हजार २४८ जनाको मृत्यु भएको छ ।
त्यस्तै इरानमा १२ सय ८६ जनाको मृत्यु भएको छ । अमेरिकामा २१७ र स्पेनमा ८३१ जनाको मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया