कोरोना सम्बन्धी उच्चस्तरीय बैठक बस्दै, थप निर्णय लिन सक्ने

काठमाडौं । आज साँझ नोबेल कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय बैठक बस्ने भएको छ ।

उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकमा बनेको उक्त समितिले भाइरस नियन्त्रणका लागि अन्य निर्णय लिन उच्चस्तरीय बैठक बोलाएका बोलाइएको स्रोतले बताएको छ ।

शुक्रबार पोखरेले प्रधानमन्त्रीलाई भेटेर उक्त विषयमा जानकारी राखेका थिए । प्रधानमन्त्रीले पनि देशलाई संक्रमणबाट जोगाउन कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?