कोरोनाबाट बच्ने बिशेष भिडियो सार्वजनिक

काठमाडौं । विश्वभर महामारीको रूपमा कोरोना भाइरस फैलिएको छ । भाइरस फैलिएसँगै हामीलाई सामान छुन पनि डराइमर्नु भएको छ । संसारभर मानिसले नयाँ अभ्यास सुरू गरेका छन् ।

यस्ता अभ्यासमा कुहिनोले ढोका खोल्ने, बस वा रेलमा कतै नसमाइ उभिने र कार्यालयमा बिहान आफ्नो टेबुल सफा गर्ने आदि छन्।

विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म १३ हजार ६८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ३ लाख ८२ हजार ५७ जनालाई संक्रमण भएको छ ।

९५ हजार ८२८ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म १८८ देशमा संक्रमण फैलिएको छ । चीनको वुहान शहरबाट शुरु भएको भाइरसका कारण इटालीमा अहिलेसम्म ४ हजार ८२५ जनाको मृत्यु भएको छ ।

चीनमा भने ३ हजार २६१ जनाको मृत्यु भएको छ । त्यस्तै, इरानमा १५ सय ५६ जनाको मृत्यु भएको छ । अमेरिकामा ३४८ र स्पेनमा १३ हजार ८१ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच एउटा भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ । यो भिडियो प्रयोगकर्ताहरुले अत्याधिक मन पराएका छन् ।

ओलिभिया वाइल्डले शेयर गरेको भिडियोमा सलाईको काँटीलाई स्टिक स्ट्यान्डिङ मोडमा राखिएको छ । र एकसाथ सबै काँटी जलिरहेको देख्न सकिन्छ क्याप्सनमा ओलिभिया वाइल्डले लेखेको छ, घरमा नै बसौँ, हामी मिलेर कोरोनाबाट बँच्न सकिन्छ ।

यो भिडियोको उद्देश्य भनेको संक्रमण भएका व्यक्तिहरु तत्काल सम्पर्कमा आएर उपचार गर्नु भन्ने रहेको छ । १२ सेकेण्डको उक्त भिडियो सारा विश्वका मानिसहरुले मन पराएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?