ठूलो जिब्रो भएका बाबु-छोरी, गिनिज बुकमा नाम दर्ता

काठमाडौं । कसैको लामो जिब्रो देख्दापनि हामी भन्ने गर्छो अहो कति लामो जिब्रो । तर न्युयोर्कमा बस्ने बायरान र ऐमिली लैंकरको यति ठूलो जिब्रो छ कि, देख्दा सबै जना आश्चर्यमा पर्ने गर्छन् । यी दुईले गिनिज बुकमा सबैभन्दा ठूलो जिब्रो हुनेमा नाम पनि लेखाएका छन् ।

बायरानको जिब्रो ८.६ सेन्टिमिटरको छ भने ऐमिलीको ७.३ सेन्टिमिटरको छ । नाताले उनीहरु बाबु छोरी रहेका हुन् । यि दुईको जिब्रो ठूलो भएकै कारणले दुबै पब्लिसिटी कमाईरहेका छन् ।

अचम्म त के छ भने ऐमिली हाल मात्र १४ वर्षकी छिन् । आफूहरुको जिब्रो ठुलो भएकै कारणले गिनिज बुकमा नाम लेखाउन सफल भएकोमा यी दुई बाबु छोरी निकै खुसी छन् ।

बायरानका श्रीमती बिकीका अनुसार उनको श्रीमानको जिब्रो ठूलो भएकै कारण सबैले उनलाई हाँसोको पात्र बनाउछन् । मानिसहरुले आफ्नो लभलाईफको बारेमा सोधेरै हैरान बनाउने गरेको बताउछिन् ।

जतिसुकै अरुले हासोको पात्र बनाएपनि उनी आफ्नो श्रीमान र छोरीप्रति आफूलाई गर्व लाग्ने गरेको बताउछिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?