काठमाडौं । सरकारले सीमा नाका सिल गर्ने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट देशलाई जोगाउन सरकारले सीमा नाका बन्द गर्ने तयारी गरेको स्रोतले लोकपथलाई बतायो ।
सरकारले निजी तथा सरकारी कार्यालयसमबेत बन्द गर्ने तयारी गरको हो । यद्यपि यसको घोषणा भने गरेको छैन् ।
यद्यपि, प्रधानमन्त्रीले साँझ ६ बजे सम्बोधन गर्दै विस्तृतमा प्रकाश पार्ने बताइएको छ । त्यसपछि कोरोना रोकथाम, नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठक पनि बस्दैछ । समितिले नै थप घोषणाको तयारी गरेको स्रोतले बताएको छ ।
अदालत, विद्यालय, महाविद्यालयहरू बन्द भइसकेका छन् भने सरकारले अत्यावश्यक बाहेकका सबै सरकारी, निजी कार्यालयहरू बन्द गर्ने तयारी गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया