काठमाडौं, २० माघ । पूर्ण खोपको कार्यक्रममा सहभागि हुन गएका जिल्ला स्वास्थ्य कार्यालय कालिकोटमा कार्यरत चिकित्सक डा. कौशल अलीमाथी अज्ञात समूहबाट दुव्यवहार गरेको छ । घटनाप्रति नेपाल चिकित्सक संघले भत्र्सना गरेको छ । डा अली संघका आजीवन सदस्यसमेत हुन् संघले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवामा समर्पित भई रहेको समयमा समेत चिकित्सक माथी दुव्यवहार गर्ने व्यक्तिहरुको अबिलम्ब खोजी गरी कानूनी दायरामा ल्याउन माग गरेको छ अगामी दिनहरुमा शान्तिपरुर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण सिर्जना गर्न गराउन पनि संघले सम्बन्धित निकायसँग अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया